धुलिखेल- जेन-जी आन्दोलनका क्रममा विभिन्न कारागारहरूबाट फरार भएका ३७ जना कैदीबन्दीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

गत भदौ २३ गतेदेखि देशभर भएको आन्दोलनको अवसरमा भागेका कैदीबन्दीलाई प्रहरी कार्यालय तथा मातहत इकाइका टोलीहरूले विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइएको हो ।

नियन्त्रणमा परेकामध्ये कर्तव्य ज्यान मुद्दाका १२ जना, जबरजस्ती करणीका ९ जना, लागुऔषध सम्बन्धी ४ जना, चोरीका ४ जना, अपहरण तथा शरीर बन्धकका २ जना, सवारी ज्यानका २ जना, ओभरस्टे १ जना, ठगीका २ जना र मानव बेचविखन मुद्दाका १ जना रहेका छन् ।

पुनः पठाइएका कैदीबन्दीमध्ये १८ जना केन्द्रीय कारागार, १४ जना डिल्लीबजार कारागार, ३ जना नख्खु कारागार र २ जना सिन्धुली कारागारमा पुर्‍याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाँकी फरार कैदीबन्दीको खोजी कार्य अझै जारी रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।