काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सार्वजनिक गरिएका अभिव्यक्तिहरूलाई असत्य र भ्रमपूर्ण भन्दै खण्डन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा आन्दोलन, लोकतन्त्र र गणतन्त्र विरोधी तत्त्वले नियोजित षड्यन्त्रअन्तर्गत प्रचण्डलगायत पार्टी नेताका घरपरिवार र सम्पत्तिबारे गलत प्रचार गरेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “यसरी आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले तथ्यहीन प्रचार गरिँदैछ। प्रचण्डलगायत नेताहरूको सम्पत्ति सम्बन्धी भ्रमपूर्ण आरोपमा कुनै आधार छैन।”

माओवादी केन्द्रले यसलाई पार्टी र आन्दोलनमाथि प्रहार गर्ने षड्यन्त्रको रूपमा व्याख्या गर्दै आम जनसमुदायलाई यस्ता भ्रमपूर्ण प्रचारबाट प्रभावित नहुन आग्रह गरेको छ।

प्रवक्ता अग्नि सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा तथ्य प्रमाणविना गरिएको दाबीलाई सरकारले समेत कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।