मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५ — हेल्प मधेसी मलेसियाको तेश्रो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ। “तन, मन, धन… स!” भन्ने नारासहित आयोजित उक्त कार्यक्रमले प्रवासी नेपाली मधेसी समुदायबीचको एकता, सहयोग र सेवाको भावना अभिव्यक्त गरेको छ।
कार्यक्रममा मलेसियास्थित नेपाली समाजका अगुवा, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधिहरू, मिडिया पार्टनरहरू तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका मुख्य आकर्षणहरूमा
– प्रवासी समुदायको योगदानको कदर गर्दै विभिन्न व्यक्तिहरूलाई सम्मान प्रदान
– हेल्प मधेसी मलेसियाको आगामी योजना तथा नेतृत्व चयन
– सांस्कृतिक कार्यक्रम तथा मधेसी परम्पराको झल्को दिने प्रस्तुती
कार्यक्रमका आयोजक हेल्प मधेसी मलेसिया केन्द्रीय कार्यसमिति ले यो अधिवेशनलाई प्रवासी मधेसीहरूको आवाज अझ सशक्त बनाउन सहयोगी भएको बताएको छ। मिडिया पार्टनरहरूमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा प्रचारप्रसार गरिएको थियो।
संस्थाले भविष्यमा अझ व्यापक रूपमा सामाजिक सेवा, आपतकालीन सहयोग र समुदाय सशक्तीकरणका अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
अधिवेशनबाट नयाँ निर्वाचित पधाधिकारी तथा कार्यसमिति सदस्य नामावली।
संस्थापक अध्यक्ष दिपक मन्डल
संस्था संरक्षक: उदय महतो
द्वितीय संस्था संरक्षक : उदय ना. मण्डल
अध्यक्ष: प्रमोद कुमार महतो
वरिष्ठ उपाध्यक्ष: सुरेन्द्र महतो
द्वितीय उपाध्यक्ष: संजिव यादब
महासचीव: संतोष महतो
सचिव: तुलाराम मण्डल
सह-सचिव: फुलगेन महतो
कोशाअध्यक्ष: जय प्रकाश साह
सह-कोशाध्यक्ष: राम नरायन मण्डल
मिडिया रिपोर्टर: देव ना. महतो
वरिष्ठ सल्लाहकार: बेचन मण्डल
सल्लाहकार : बसंत मण्डल
सल्लाहकार :राजेन्द्र यादब
सल्लाहकार : राम उदगार यादब
सदस्य:राम बहादुर महतो
सदस्य: आनन्देब मण्डल
सद्स्य: पशुपथि ठाकुर
जोहोर शाखा अध्यक्ष : आनन्द साह
सरेमबान शाखा अध्यक्ष : सुर्यनरायन यादब
केएल शाखा अध्यक्ष: पबन कुमार महतो
























