माया स्याङ्तान ✍️
कुर्दिस्तान- सेप्टेम्बर १२, २०२५— गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NCC) ईराकको पाँचौँ राष्ट्रिय अधिवेशन तथा साधारण सभा १२ सेप्टेम्बर २०२५ मा कुर्दिस्तान स्थित Nepali Restaurant and Bar मा भव्य रूपमा सम्पन्न भएको छ। 
“For Nepali, By Nepali” भन्ने नाराका साथ आयोजित अधिवेशनमा प्रवासी नेपालीहरूको हक, हित, सुरक्षा र अधिकारका विषयमा गम्भीर छलफल गरिएको थियो। अधिवेशन बिहान १० बजे सुरु भई दिउँसो ३ बजे सम्पन्न भएको थियो।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का अध्यक्ष श्री महेश श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता भने NRNA NCC इराकका अध्यक्ष श्री बिनोद श्रेष्ठले गर्नु भयो ।
कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, सदस्य, प्रतिनिधि, स्थानीय अगुवा तथा आम नेपाली प्रवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।अधिवेशनको उद्देश्य प्रवासी नेपालीबीच एकता, सहभागिता र सशक्त नेतृत्व विकास गर्दै नेपाली समुदायलाई सुरक्षित, सशक्त र संगठित बनाउने रहेको आयोजकले बताएका छन्।
अधिवेशनमार्फत (२०२५–२०२७) कार्यसमितिको नामावली:
अध्यक्ष : बिनोद श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष : निम दोर्जे शेर्पा
उपाध्यक्ष : तुल बहादुर सेन
महिला उपाध्यक्ष : इन्दिरा बज्राचार्य लामा
महासचिव : छिरिङ तामाङ
सचीव : भेष बहादुर गुरुङ
सचिव: रुद्र मिश्र
कोषाध्यक्ष : अर्जुन तामाङ
युवा संयोजक: टीका बिश्वकर्मा
महिला संयोजक: शान्ता थापा
खेलकुद संयोजक: कुम प्रसाद तामाङ
कलाकार संयोजक: सरोज सार्की
क्षेत्रीय युवा संयोजक: बिकाश ढकाल
सदस्य: चन्चला जोशी
सदस्य: इन्द्र बहादुर श्रेष्ठ
सदस्य: महिमा लकन्दरी
सदस्य: गोदावरी तामाङ
सदस्य: रेश्मा तामाङ
सदस्य: सुजिता तामाङ
























