मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर मलेसिया- म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति मोना मलेसियाले आफ्नो साधारणसभा तथा तेस्रो अधिवेशन १४ सेप्टेम्बर आइतवारका दिन मलेसियाको क्वालालम्पुरमा भव्यताका साथ सप्पन्न गरेकोछ। अधिवेशनबाट सर्वसम्मत रुपमा प्रकाश केशी अध्यक्षमा निर्वाचित भएको छ।
कार्यक्रममा स्थानीय कलाकार हरुको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो मलेसियामा रहेका नेपाली हरुको निकै राम्रो उपस्थिति देखिएको थियो। कार्यक्रममा मलेसियामा रहेका बुद्धिजीवी व्यवसायी विभिन्न संस्था र दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि इन्द्र नारायण लिम्बु रहनुभएको थियो।
नवगठित समितिले संस्थालाई अझ सबल, गतिशील र परिणाममुखी बनाउन प्रतिबद्धता जनाएको छ। विशेष गरी मलेसियामा रहेका नेपाली कामदार र परिवारबीच आपसी सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउन कार्यसमिति सक्रिय हुने बताइएको छ।
स्थानीय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली समुदायको आवाज बुलन्द पार्ने र नेपाल–मलेसियाबीच आपसी सम्बन्ध सुदृढ गर्न पनि कार्यसमितिले ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ।
म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसिया नयाँ कार्यसमिति (२०२५/२०२७)
अध्यक्ष :प्रकाश केसी
वरिष्ठ उपाध्यक्ष:सन्तोष सरगम खाती
उपाध्यक्ष: संजय शाही
उपाध्यक्ष: जोगलाल पुन
महासचिव: केश रोका मगर
सचीव: बिकास रोका
सह-सचीव: टोक नाथ रिजाल
कोषाध्यक्ष: दुर्गा रोका मगर
सह-कोषाध्यक्ष मिलन बोहोरा
महिला उपाध्यक्ष: रेजिना गुरुङ
सदस्य हरु:-
-आकाश वर्देवा
-बिकास बोहरा
-दिनेश घर्ती
-बिकास श्रीपाली
-लोक बहादुर बोहरा
-जय बहादुर शिरीष मगर
-दिपेन्द्र बोहरा