काठमाडौं — आउँदो अक्टोबर ४ तारिख, दुबईको बरदुवाइ स्थित SK7 CLUB मा ‘खान्दोके सेलो नाइट सिजन–२’ भव्य रूपमा आयोजना हुने भएको छ। टुङ्ना मिडियाको प्रस्तुति तथा ‘खान्दोके सेलो नाइट’ को विशेष सहयोगमा आयोजना हुने सो सांस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य तामाङ समुदायको मौलिक भाका ‘सेलो’ लाई प्रवासमा जगेर्ना गर्नु रहेको आयोजकले बताएका छन्।

‘सिन्धुपाल्चोकबाट गुन्जिने तामाङ मौलिक भाका, हाम्रो पहिचान – खान्दोके सेलोको जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नारासहितको यो कार्यक्रममा, नेपालका चर्चित सेलो गायक प्रेम योन्जन लामा र चर्चित गायिका लक्ष्मी स्याङतान विशेष प्रस्तुति दिन दुबई पुग्ने भएका छन्। उनीहरूले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपूर मनोरञ्जन दिने कार्यक्रमको तयारी भएको छ।

कार्यक्रम साँझ ८ बजे देखि सुरु हुनेछ भने, थप आकर्षणका रूपमा DJ PRAZE र DJ ROLLING को DJ सेसन समेत रहनेछ।

कार्यक्रम संयोजक वसन्त लामा र सञ्चालक लक्ष्यमन स्याङबो रहेका छन्।

आयोजक टिमले दुबई तथा आसपास बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई मौलिक तामाङ संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन आह्वान गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।