मिलन दोङ तामाङ ✍️

काभ्रेपलाञ्चोक – आगामी असोज ३ गते संविधान दिवसको अवसरमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

पार्टीको जिल्ला कार्यालय, बनेपामा बिहान ११ बजे सुरु हुने कार्यक्रमलाई भव्य र अर्थपूर्ण बनाउने तयारी गरिएको छ।

 

कार्यक्रममा संविधानको महत्व, लोकतान्त्रिक मूल्य, सामाजिक समावेशिता र राजनीतिक स्थायित्वबारे छलफल र विचार–विमर्श गरिने छ। संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका बेला काभ्रेपलाञ्चोक कांग्रेसले पनि यो विशेष कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्न लागेको हो।

स्रोत: फेसबुक  माननीय पुर्व मन्त्री तिर्थ लामा।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।