Oplus_16908288

मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर, मलेसिया – मलेसियास्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै २०७२ सालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सेप्टेम्बर १९, २०२५ (असोज ३, २०८२) शुक्रबारका दिन कार्यालय बन्द रहने जानकारी गराएको छ।

सूचनामा भनिएको छ, उक्त दिन सार्वजनिक बिदा दिइएको हुँदा दूतावासबाट नियमित सेवा प्रदान नहुनेछ। अत्यावश्यक वा आकस्मिक सेवाका लागि भने राजदूतावासको हटलाइन नम्बर ०१६–२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सेवाहरू पुनः २२ सेप्टेम्बर २०२५ (असोज ६, २०८२) सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने राजदूतावासले स्पष्ट पारेको छ।

यस सूचनामार्फत मलेसियामा रहेका नेपाली नागरिकहरूलाई सेवा लिनुअघि जानकारीमा लिन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।