Oplus_16908288

मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर, मलेसिया – आज असोज ३, २०८२को दिन नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

 

कार्यक्रमको सुरुवात राष्ट्रिय झन्डोत्तोलन र राष्ट्रगान बजाएर गरिएको थियो। कार्यक्रममा नेपालमा संविधान निर्माणको क्रममा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन साथै जेन्जी आन्दोलनको सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारण समेत गरिएको थियो।

राजदूतावासका महामहिम राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले संविधानको ऐतिहासिक पृष्ठभूमि, २०७२ सालमा जारी भएको नेपालको संविधान र त्यसको कार्यान्वयनको सन्दर्भमा प्रकाश पार्दै संविधान दिवसको महत्व र योगदानबारे उपस्थितलाई जानकारी गराएका थिए।

नेपालको संविधानको सम्मान र राष्ट्रप्रेम अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको राजदूतावासले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।