काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१२, गागलमा अति भयावह अपराध भएको छ। जेन जेड आन्दोलनको समय नक्खु जेलबाट फरार भएका सन्त बहादुर तामाङ (३५–३६ वर्ष) ले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका छन्। सन्त बहादुर बलात्कार अभियोगमा जेल चलान भएका थिए।
वडा अध्यक्ष जयराम केसीका अनुसार घटना गागलमा भएको हो। काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी कोमल शाहले बनिपाबाट प्रहरी टोली घटनास्थलमा पुगेको र हालैसम्म आरोपी फरार रहेको जानकारी दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।