मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया ईन्द्र नारायण समुहको पहिलो मासिक बैठक सम्पन्न भएको छ। गत अगस्ट ३१ मा सम्पन्न नवौ महाधिवेसनबाट अध्यक्ष पदमा इन्द्र नारायण लिम्बु लगाएतका पदाधिकारीहरु निर्वाचित भएपछिको यो प्रथम मासिक बैठक सम्पन्न भएको एनआरएनए मलेसियाले जनाएको हो।
एनआरएनए मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बुको संयोजकत्वमा सम्पन्न बैठकले एनआरएनए मलेसियाको आगामी कार्य योजना खाका तयार पार्न र एनआरएनएलाई थप सुदृढीकरण गर्ने कार्यालय व्यवस्थापन गर्ने लगाएतका महत्वपूर्ण विषय उपर छलफल भएको हो।
बैठकमा एनआरएनए मलेसियाका पदाधिकारी, प्रतिनिधि हरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकबाट आपसि सहयोग र मेलमिलाप को भावना जागृत गराउदै नेपाली श्रमिक हरूको हकहितका सुसुचित गराउने योजना तर्जुमा , नेपालि दुतावास संगको सम्पर्क र समन्वय ,राज्य समिति संगको संरचना विस्तार , अफिस र सेल्टर हाउस बिस्तार र ब्यवस्थापन सम्बन्धि छलफल गरिएको एनआरएनए मलेसियाका सचिव सविन लोप्चन तामाङले बताए।
गैरआवासीय नेपाली संघका अध्यक्ष इन्द्र नारायण लिम्बु ले मासिक बैठकलाई सम्बोधन गर्दै मासिक बैठक नियमित रुपमा सञ्चालन गरि सबै पधाधिकारीहरु लाई सहकार्य गरेर सकेसम्म धेरै भन्दा धेरै श्रमजीवी वर्ग सम्म एनआरएनएलाई पुर्याउन आफु प्रतिबद्ध रहेको जनाउँदै सबैको साथ र सहयोग रहनुपर्ने बताएका थिए।
मासिक बैठकले नेपालीहरुको जमघट हुने सौहार्दता बढ्न र बढाउन एक आपसमा भाइचारा कायम गर्न समस्याहरु साझेदारीता र सहयोग भाव आदानप्रदान गर्न सबैका कुरा सुन्न र नयाँ कुरा सिक्ने माध्यमका रुपमा स्थापित गर्नुपर्ने भन्दै सरिक हुन पाउँदा सबै पदाधिकारीले खुशी ब्यक्त गरेका थिए । एनआरएनए मलेसियाका वरिष्ठ उपाध्यक्ष दिल केरुङ लिम्बुले पारदर्शिता, जवाफदेहिता र संघमा सक्रियता बढाउनुपर्ने कुरामा जोड दिएका थिए ।