धुलिखेल– आसन्न दशैं पर्वलाई लक्षित गर्दै काभ्रे जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको मिति २०८२ असोज ५ गतेको बैठकले गरेको निर्णयअनुसार असोज ६ गतेदेखि असोज २२ गतेसम्म (घटस्थापना देखि पूर्णिमा सम्म) टिपर सञ्चालनमा रोक लगाइने भएको हो।

प्रशासनका अनुसार दशैं अवधिभर भीडभाड हुने सडकमा टिपर र ठूला सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले यात्रु तथा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

जिल्ला प्रशासन कार्यालयले जरुरी सेवा पुर्‍याउने सवारी साधनलाई भने आवश्यकताअनुसार सञ्चालन गर्न सकिने जनाएको छ। साथै, टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ उल्लङ्घन गर्नेहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र श्रेष्ठले जारी गर्नुभएको सूचनामा दशैंको समयमा नागरिकको सुरक्षित र सहज यात्राका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।