धुलिखेल– नेकपा (एमाले) काभ्रेपलाञ्चोकले पार्टी जिल्ला सल्लाहकार परिषद् सदस्य तथा नमोबुद्ध नगरपालिकाका पूर्व नगर प्रमुख टंक प्रसाद (टिपी शर्मा) तिमल्सिनाको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ ।

गत भदौ २० गतेको सवारी दुर्घटनापछि धुलिखेल अस्पतालमा उपचाररत तिमल्सिनाको असोज ७ गते बिहान ४:०२ बजे निधन भएको थियो। उनको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको एमाले काभ्रेको शोक वक्तव्यमा उल्लेख गरिएको छ। वक्तव्यमा तिमल्सिनाको समाज परिवर्तन, पार्टी निर्माण र नमोबुद्धको विकासमा पु¥याएको योगदानलाई अविस्मरणीय भएको बताइएको छ।

शोक वक्तव्यमा पार्टीले तिमल्सिनाको स्मृतिमा नमोबुद्ध नगरपालिकामा ३ दिनसम्म शोकसभा बाहेक अन्य औपचारिक कार्यक्रम नगर्ने घोषणा गरेको छ। साथै, नगर कमिटी तथा मातहतका सबै कमिटी कार्यालयहरूमा एक दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको छ।

शोक वक्तव्यमा दिवंगत तिमल्सिनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।