मिलन दोङ तामाङ ✍️ 

जोहोर बहरु, मलेसिया –रोल्पाली सेवा समाज मलेसियाको आयोजनामा यही २८ सेप्टेम्बर २०२५ आइतबारका दिन भव्य दशैं विशेष कार्यक्रम २०८२ तथा क्षेत्रीय समिति जोहोरको पहिलो वार्षिक उत्सव समारोह आयोजना हुने भएको छ। कार्यक्रम बिहान १०:०० बजे जोहोरस्थित Jo Hotel Johor Bahru मा हुने आयोजकले जानकारी दिएको छ।

 

“मातृभुमीका लागि विश्व भरिका रोल्पालीहरु गोलबन्दी होउ” भने मुल नाराका साथ आयोजित यस कार्यक्रमको उद्देश्य मलेसिया लगायत विश्वका भरि रहेका नेपाली समुदायबीच आपसी सद्भाव, संस्कृति संरक्षण, सहकार्य र उत्सवमूलक वातावरण निर्माण गर्नु रहेको छ।

 

उक्त कार्यक्रममा सस्थाका विभिन्न कार्यसम्पादनको प्रतिबेदन प्रस्तुत गर्नु, रोल्पा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शन तथा मौलिक बाजागाजासहितको सांस्कृतिक कार्यक्रम,सहयोगी तथा अथितिहरुको सम्मान साथै दशै बिशेष कार्यक्रम भएकै कारणले दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत हुने ससस्थाका अध्यक्ष दिपेन्द्र बुढामगरले जानकारी दिनुभयो।कार्यक्रम रोल्पाली सेवा समाज मलेसिया र क्षेत्रीय समिति जोहोरको सह–आयोजनामा सम्पन्न हुँदैछ।

सम्पूर्ण मलेसियावासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई उत्सवलाई सफल बनाउन आयोजकले हार्दिक आमन्त्रण गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।