मिलन दोङ तामाङ ✍️
पेनाङ, मलेसिया — नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङले आगामी १९ अक्टोबर २०२५ (आईतबार) का दिन ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम बयान बारु, पेनाङस्थित सनसाइन स्क्वायर (Sunshine Square) मा बिहान १० बजे देखि सुरु हुने जानकारी आयोजकले दिएको छ।
यस अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको सोभा बढाउन प्रमुख अतिथिको रुपमा नेपालबाट नेपाल मगर संघ केन्द्रीय समितिका सह-अध्यक्ष गंगा बहादुर थापा मगर रहनुको साथै, नेपालबाट विशेष प्रस्तुतीका लागि चर्चित गायिका उर्मिला पुलामी मगर र चर्चित मोडेल विजय पुन पनि सहभागी हुने भएको छ।
संघले मलेसियामा कार्यरत सम्पूर्ण मगर समुदाय तथा नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक एकता, पहिचान र सहभागिताको भावना सुदृढ बनाउन आह्वान गरेको छ।कार्यक्रममा अधिवेशन सँगै मगर जातिको भाषा, संस्कृतिको झल्को दिने विविध सांस्कृतिक प्रस्तुतीहरु पनि समावेश हुने सस्थाका अध्यक्ष बिराश पुन मगर ले जनाएको छ।
मगर समुदायको इतिहास, भाषा, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै सामूहिक पहिचानलाई मजबुत बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। आयोजकले सम्पूर्ण मलेसिया वासी नेपाली समुदायलाई आत्मीय निम्तो दिँदै कार्यक्रममा सहभागी भइ सफल बनाउन अनुरोध गरेको छ।