मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर मलेसिया –गैरअवसिया नेपाली संघ NRNAमलेसिया र नेपाली व्यवसायी  समाज क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा यही २७ सेप्टेम्बर २०२५ शनिबारका दिन नेपालीहरुको महान चाड बडा दसैं, शुभ दिपावली तथा छठ पर्व २०८२को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना हुने भएको छ। कार्यक्रम साझा ५:३० बजे मलेसियाको राजधानी क्वालालम्पुर स्थित Hotel 5 Element मा हुने आयोजकले जानकारी दिएको छ।

 

कार्यक्रममा सवीता तामाङ, चार्ली घिसिङ, बिना तामाङ , काशी गुरुङ लगायतको स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति ,सामूहिक भेटघाट, नेपाली कला–संस्कृतिको झलक, आपसी भेटघाट तथा शुभकामना आदान–प्रदानका साथै सामूहिक भोजनको विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

कार्यक्रमको उद्देश्य मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, संस्कृति संरक्षण, सहकार्य, शुभकामना आदानप्रदान र उत्सवमूलक वातावरण निर्माण गर्नु रहेको छ। मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भई सभ्य, भव्य र ऐतिहासिक बनाउन आग्रह गरिएको छ।

प्रवसमा भए पनि, नेपालीहरुको संस्कृति र चाडपर्वले सम्पुर्ण नेपालीहरुलाई पारस्परिक र भाईचारा कायम गरि एउटै धागोमा बाँध्ने काम गर्दछन्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।