बनेपा– नेपाल कम्युनिस्ट पार्टी काभ्रेको आयोजनामा आइतबार बनेपा स्थित होटल सेन्चुरीमा “वर्तमान परिस्थिति र हाम्रो दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य चीरन सी ले हालको राजनीतिक परिस्थितिलाई दलाल पुजिवादी राज्यसत्ताको कमजोरीको परिणाम बताउँदै विदेशी शक्तिहरूको चलखेल बढ्दो रहेको औंल्याउनुभयो । उहाँले जेन जी पुस्ताले अघि सारेको आन्दोलनलाई सहि ठहर गर्दै आज त्यो आन्दोलन अपहरणमा परेको बताउनुभयो । आगामी दिनमा झनै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सबै गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने र बृहत कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक भोला अर्याल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई, नेपाली कांग्रेस जिल्ला उपसभापति रमेश हुमागाई, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य प्रकाश रोका, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सचिवालय सदस्य प्रदीप अस्तानी, गैर सहकारी संस्था काभ्रेका जिल्ला अध्यक्ष गङ्गा दोङ्गलगायतले आ–आफ्ना विचार राखेका थिए ।

शहिदप्रति मौन धारण गरेर सुरु गरिएको कार्यक्रममा जिल्ला इन्चार्ज बिन्दु सी ले अध्यक्षता गर्नुभएको थियो भने सञ्चालन जिल्ला सेक्रेटरी जितबहादुर सी ले गर्नुभएको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सल्लाहकार सिद्धीबहादुर सी, केन्द्रीय सदस्यहरू प्रेरक सी, प्रताप सी, मिना सी, तथा केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरू सुरेन्द्र सी, परिभाषा सी, राजेन्द्र सी लगायतको उपस्थिती रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।