काठमाडौं- दशैं तिहारको अवसरमा शिक्षकहरूले तलब नपाएको गुनासो बढेपछि शिक्षा मन्त्रालयले सम्बन्धित पालिकाहरूलाई कडा चेतावनी दिएको छ। मन्त्रालयले स्पष्ट पारेको छ कि तलब भुक्तानीका लागि आवश्यक रकम पहिले नै सबै पालिकामा पठाइसकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्मरी हावीर पुनले आज दोस्रो सूचना जारी गर्दै भने, “मन्त्रालयबाट पैसा गइसकेको छ। अब पालिकाले कुनै पनि बहाना बनाई तलब रोकेको पाइएमा कानुनी कारबाही गरिनेछ।”

उनले भोलिसम्म पनि शिक्षकको तलब नपुगेमा सम्बन्धित पालिकालाई अन्यायपूर्ण व्यवहार गरेको मानिने र नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।