मिलन दोङ तामाङ ✍️
जोहोर मलेसिया-२८ सेप्टेम्बर २०२५गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोर, मलेसियाले गम्भीर रोगबाट पीडित बालक शुभम उपाध्याय ज्ञवालीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
रुपन्देहीको तिलोत्तमा–७ निवासी रूपराज उपाध्याय ज्ञवाली तथा विष्णु उपाध्याय ज्ञवालीका १६ वर्षीय छोरा शुभम हाल भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा Hemophagocytic Lympho-histiocytosis (HLH) नामक दुर्लभ तथा जटिल रोगको उपचार गराइरहेका छन्।
२८ सेप्टेम्बर २०२५ का दिन रोल्पाली सेवा समाज, मलेसियाद्वारा आयोजित दसैं विशेष कार्यक्रमको अवसरमा रोल्पाली सेवा समाज अध्यक्ष :-टिपेन्द्र बुढा मगर , NRNA RC कोषाध्यक्ष तिलक बहादुर श्रेष्ठ, NRNA NCC MALAYSIA अध्यक्ष राकेश प्रसाद महतोको उपस्थितिमा पीडित बालकको बैंक खातामा रु. ४४,८५० (चौवालिस हजार आठ सय पचास रुपैयाँ) आर्थिक सहयोग रकम जम्मा गरिएको हो।
NRNA जोहोर क्षेत्रीय समिति टिम र सल्लाहकार रमेश मल्ल ज्युको सक्रियतामा तथा नेपाल तामाङ घेदुङ मलेसिया जोहोर साथै नेपाली समुदायका विभिन्न सहयोगी हातहरू संलग्न रहेको आयोजक संस्थाले जानकारी दिएको छ।
शुभमको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संघले विश्वभर रहेका नेपालीहरुलाई आवश्यक सहयोगको हात अघि बढाउन पनि आग्रह गरेको छ।