Oplus_16908288

मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर, मलेसिया –नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा नेपाली राजदूतावास, क्वालालम्पुर मलेसिया तीन दिनका लागि बन्द हुने भएको छ। राजदूतावासले सार्वजनिक सूचना जारी गर्दै ३० सेप्टेम्बर २०२५ (मंगलबार) देखि २ अक्टोबर २०२५ (बिहीबार) सम्म राजदूतावास बन्द रहने जानकारी गराएको छ।

सूचना अनुसार, ३ अक्टोबर २०२५ (शुक्रबार) बाट नियमित सेवा पुनः सुरु हुने छ। बिदाको समयमा आकस्मिक आवश्यकताका लागि राजदूतावासको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

राजदूतावासले सेवाग्राहीहरूलाई सेवा पुनः सुचारु हुने मितिमा मात्र सम्पर्क गर्न अनुरोध गर्दै बिदाका दिनहरूमा सेवामा असर नपर्ने गरी योजना बनाउन आग्रह गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।