मिलन दोङ तामाङ ✍️
काठमाडौं-आजको युगमा जहाँ पद, प्रतिष्ठा र सत्ता सँगै विलासिताको जीवनशैली जोडिन्छ, यहाँ शिक्षा मन्त्री महावीर पुनज्यूको सामान्य जीवनशैलीले सबैलाई अनुकरणीय सन्देश दिएको छ। मन्त्री बनेर पनि कुनै सुरक्षा, गार्ड, ठूला गाडी, सुट-बुटको देखावटी जीवन अपनाउनु को सट्टा उहाँ जनताबीच, सामान्य नागरिक झैँ हिँडडुल गर्नुहुन्छ।
तस्बिरमा देखिए जस्तै, सामान्य लुगामा, प्लास्टिकको झोला बोकेर, सडकमा हिँडिरहनु भएका उहाँ एउटा सशक्त सन्देश दिनुहुन्छ—”पद ठूलो भएर होइन, सोच ठूलो भएर देश बदलिन्छ।”
उहाँले न केवल पदको मर्यादा बचाउनु भएको छ, बरु जनप्रतिनिधिको जिम्मेवारी के हो भन्ने पनि व्याख्या गर्नु भएको छ आफ्नै व्यवहारबाट।
महावीर पुनको यो विनम्रता, इमानदारिता र सेवाभाव देशमा सुशासनको आशा देखाउने दीप झैँ बनेको छ। उहाँको यस्तो जीवनशैलीले अरु मन्त्री, नेताहरुलाई पनि आत्म मूल्यांकन गर्न प्रेरणा दिन सक्छ ।