“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित — खेलकुदमार्फत एकता, स्वास्थ्य र उत्साहको सन्देश
सुनापति, रामेछाप । खेलकुदलाई स्वास्थ्य र एकताको माध्यम बनाउँदै सुनापति गाउँपालिका खेलकुद विकास समितिले आयोजना गर्न लागेको चौथो सुनापति गाउँपालिका अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ आगामी कात्तिक ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ।
स्थानीय युवा समाजसेवी तेज विक्रम तामाङ थिङका अनुसार यो प्रतियोगिता सुनापति गाउँपालिका–३, हिल्देवी रामेछापस्थित रंगशाला मैदानमा भव्य रूपमा सञ्चालन हुनेछ।
नेपालका महान् पर्वहरू — विजया दशमी, शुभ दीपावली र छठ पर्वको शुभ अवसरमा आयोजना गर्न लागिएको यस प्रतियोगिताले स्थानीय युवामा खेलप्रति रुचि जगाउने र खेलकुदमार्फत सद्भाव, अनुशासन र भाइचाराको सन्देश फैलाउने उद्देश्य लिएको छ।
आयोजक समितिका अनुसार देशभरका उत्कृष्ट भलिबल टिमहरू सहभागी हुने अपेक्षा गरिएको छ। खेलप्रेमीहरूका उत्साहपूर्ण उपस्थितिका लागि पनि तयारी तीव्र रूपमा भइरहेको छ।
पुरस्कार विवरण
पहिलो पुरस्कार: रु. १,५०,००० (एक लाख पचास हजार)
दोस्रो पुरस्कार: रु. १,००,००० (एक लाख)
तेस्रो पुरस्कार: रु. ५०,००० (पचास हजार)
सान्त्वना पुरस्कार: रु. २५,००० (पच्चीस हजार)
कार्यक्रम विवरण
टिम दर्ताको अन्तिम मिति: २०८२ कात्तिक ७ गते बिहान १० बजेसम्म
प्रवेश शुल्क: रु. ५,०००
खेल सञ्चालन मिति: २०८२ कात्तिक ९ देखि १२ गतेसम्म
स्थान: सुनापति गाउँपालिका, हिल्देवी रंगशाला मैदान
सम्पर्कका लागि
भुवन लामा: ९७६१८४२६६५
सोम तितुङ: ९८६०२८५३३९
आयोजक समितिले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा स्थानीय वासिन्दालाई प्रतियोगितामा सहभागी भई स्थानीय खेलकुदको गौरव बढाउन हार्दिक निमन्त्रण गरेको छ।
























