मिलन दोङ तामाङ ✍️
सिरहा-धनगढीमाई नगरपालिका–१२ निवासी श्री बिरे ठाकुर विदेशमा (कतार )कार्यरत रहँदा परालाइसिस (लकवा) रोगले ग्रसित भएका थिए। उपचारमा अत्यधिक खर्च भएपछि हाल परिवारको दैनिक आपूर्ति समेत गर्न कठिनाइ भईरहेको अवस्थामा हेल्प मधेसी मलेसिया तर्फबाट उल्लेखनीय सहयोग प्रदान गरिएको छ।

उहाँको आत्मनिर्भर भविष्य सुनिश्चित गर्न हेल्प मधेसी मलेसिया तर्फबाट रु ११,०००/- , जोहर बारु राज्य को महासचिव तथा केन्द्रीय मिडिया कोर्डिनेटर देवनारायण महतो ज्यूको व्यक्तिगत तर्फबाट ५०,०००/- केन्द्रीय सचिव तुलाराम मण्डलले रु २,०००,र हिमालयन डेन्टल क्लिनिकका सञ्चालक प्रदिप कुमार महतोको तर्फबाट रु २,००० गरि जम्मा रु ६५०००/- सहयोग भएको छ।कुल रु ६५,००० मूल्य बराबरका किराना सामग्रीहरू खरिद गरी बिरे ठाकुरलाई स्वरोजगारका रूपमा किराना पसल सञ्चालन गरि उहा लाई ब्यबस्थापन गरेको छ । हेल्प मधेसी संस्थाको प्रमुख उद्देश्य समाजका आर्थिक रूपमा विपन्न, अशक्त र बेरोजगार नागरिकहरूलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने हो।
कार्यक्रममा हेल्प मधेसी नेपालका टिम सदस्यहरू, मलेसियाबाट आएका प्रतिनिधिहरू, पत्रकार, समाजसेवी र स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा आर्थिक तथा सामग्री सहयोग प्रदान गरिएको थियो।
























