मिलन दोङ तामाङ ✍️
पेनाङ, मलेसिया —रोल्पाली सेवा समाज, मलेसियाले पेनाङ राज्यमा आफ्नो क्षेत्रीय समिति गठनको तयारी सुरु गरेको छ। यसै उद्देश्यका साथ समाजका साहित्य विभाग प्रमुख श्री दिपेन्द्र बुढामगर ज्युको संयोजकत्वमा प्रथम भेला तथा शुभकामना आदान–प्रदान कार्यक्रम यही २० अक्टोबर २०२५ (दिपावलीको दिन) आयोजना गरिने भएको छ।
कार्यक्रम बिहान १० बजे देखि CAFE by 7-Eleven – Mega Mall Prai (भेटघाट रेस्टुरेन्ट, पेनाङ) मा सञ्चालन हुने समाजले जनाएको छ।
समाजका अनुसार, उक्त कार्यक्रममा पेनाङ र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण रोल्पाली दाजुभाइ दिदीबहिनीहरूको उपस्थिती अपिल समेत गरिएको छ।
कार्यक्रमले मलेसियामा रहेका रोल्पाली समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई सुदृढ गर्ने लक्ष्य लिएको छ। साथै, यस भेलाबाट पेनाङ राज्यस्तरीय समिति गठन गरी संस्थागत संरचना थप सुदृढ पारिने पनि बताइएको छ।
थप जानकारीका लागि सम्पर्क:
📞 ०११-६१७४५५७१ (श्री तिपेन्द्र बुढामगर – शाखा अध्यक्ष)
रोल्पाली सेवा समाज, मलेसिया परिवारका अनुसार, दिपावलीको शुभ अवसर पारेर आयोजना गरिने उक्त भेला रोल्पाली समुदायबीचको भेटघाट, शुभकामना आदान–प्रदान र भविष्यका योजनाको प्रारम्भिक मञ्चको रूपमा रहने अपेक्षा गरिएको छ।
⸻
रोल्पाली सेवा समाज, मलेसिया परिवार
“एकता, सहयोग र समाजसेवाको बाटोमा अघि बढौं।”






















