मिलन दोङ तामाङ ✍️
मलेसिया- मलेसियामा सम्पर्कविहीन रहेका गोरखा नगरपालिका–२ निवासी राजेन्द्र रेग्मी भेटिएका छन्। उनलाई शुक्रबार साँझ भेटिएको Embassy of Nepal, Malaysiaले जनाएको छ।
रेग्मी सन् 2016 (२०७२ साल) मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए। तर 2025 सेप्टेम्बर 28 देखि परिवारसँग सम्पर्क नआएपछि परिवारले चिन्ता व्यक्त गर्दै खोजीका लागि Prabasi Nepali Coordination Committee (PNCC) नामक संस्था सँग अपिल गरेको थियो, तत्पश्चात दुतावास संग समन्वय गरी खोजी कार्य सुरु गरेको PNCC Malaysiaको संयोजक पुर्ण सुब्बाले जानकारी दिनुभयो।
दूतावासका अनुसार रेग्मीलाई नेपाली जना सम्पर्क समिति मलेसियाका उपाध्यक्ष टेकबहादुर टमटाको सम्पर्कमा आएको र सम्पर्क हुन साथ दुतावासलाई तुरुन्तै जानकारी गराएका थिए। सो सहयोगका लागि दूतावासले धन्यवाद व्यक्त गरेको छ।
रेग्मीलाई उपचारका लागि PNCC Malaysia का संयोजक पूर्ण सुब्बा, जीवन देवान तथा बाग्लुङ सेवा समाज मलेसियाका अध्यक्ष कृष्ण खड्काले समन्वय गरी Kristina Home Care Centerमा लगिएको दूतावासले जनाएको छ।
दूतावासले हराइरहेका नेपाली नागरिकको खोजीमा सहकार्य गर्ने सबैलाई आभार प्रकट गरेको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई कठिन परिस्थितिमा एक–अर्कामा सहयोग गर्न आग्रह पनि गरेको छ।






















