मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर (मलेसिया) — हालै नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूलाई सहयोग गर्न उद्देश्यका साथ नेपाल आदिवासी जनजाती महासंघ मलेसिया ले विशेष देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

 

महासंघका अनुसार सो कार्यक्रम यही २२ तारिख मा सम्पन्न हुनेछ। कार्यक्रमबाट संकलित सहयोग रकम नेपालमा बाढी–पहिरो प्रभावित समुदायहरूलाई राहत तथा सहयोगका लागि प्रेषण गरिनेछ।

 

महासंघले सम्पूर्ण पदाधिकारी, सदस्य, सल्लाहकार तथा आदिवासी जनजाति समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई सहयोग गर्न हार्दिक आग्रह गरेको छ।संस्कृति संरक्षण र मानवीय सहयोगलाई जोड दिँदै आयोजना गरिएको यस देउसी–भैलो कार्यक्रमले नेपाली समुदायबीच एकता र सहयोगको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।