मिलन दोङ तामाङ ✍️ 

पेनाङ (मलेसिया) — नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम हिजो (सोमबार) उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट पधारेका चर्चित कलाकारहरू विजय पुन मगर र उर्मिला पुलामी मगर ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रममा नेपाल मगर संघ मलेसियाका केन्द्रीय अध्यक्ष पुष्मिता ठाडा मगर, संघका केन्द्रीय पदाधिकारी, विभिन्न प्रदेश तथा क्षेत्रीय समितिका प्रतिनिधि, समाजसेवी, व्यवसायी, पत्रकार तथा स्थानीय समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संघका सचिव सम्मर थापा मगर का अनुसार, अधिवेशनले संघको आगामी कार्यदिशा निर्धारण, संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनमार्फत पेनाङ क्षेत्रका मगर समुदायबीच आपसी एकता र सहकार्यलाई अझ सुदृढ बनाउने संकल्प लिएको छ।

 

नयाँ कार्यसमिति (कार्यकाल 2025–2027)

 संरक्षक : बिरस पुन मगर

प्रमुख सल्लाहकार : ओकिल थापा मगर

सल्लाहकारहरु :

राजन आले मगर

गोकुल तुम्सिङ मगर

बल बहादुर थापा मगर

दल बहादुर बुढा मगर

तिपेन्द्र बुढा मगर

दिलिप सोमै मगर

अध्यक्ष: दिपक लुङ्गेली मगर

उपाध्यक्ष: अङ्कित बुर्जा मगर

महिला उपाध्यक्ष: भगवती सिजाली मगर

सचिव: सम्मर थापा मगर

सह–सचिव: दिपेन्द्र बुढा मगर

कोषाध्यक्ष: मिना कुमारी बुढाथोकी मगर

सह–कोषाध्यक्ष: मनिका पुलामी मगर

सांस्कृतिक विभाग प्रमुख: प्रतीक्षा बारघरे मगर

खेलकुद विभाग प्रमुख: बुद्दिराम पुन मगर

सदस्यहरू:

यम कुमारी थापा मगर, तारा आले मगर, शर्मिला घर्ती मगर, मनिता दर्लामी मगर,

अस्मिता थापा मगर, निसान लामिछाने मगर, बिनोद राना मगर, अमृत पिठाकोटे मगर,

नगेन्द्र पिठाकोटे मगर, सुजन थापा मगर, नरेश सारु मगर, रोसन ढेङगा मगर,

विशाल रासकोटी मगर, पुर्ण क्याप्छाकी मगर, बल बहादुर कानुङ मगर,

गुम बहादुर गाहा मगर, नारायणसिङ थकाली मगर, भबिलाल सोमै मगर,

भक्त बहादुर सोमै मगर, रेसम सुर्यबंशी मगर, गम बहादुर बराल ।

अध्यक्षको भनाइ

नव–निर्वाचित अध्यक्ष दिपक लुङ्गेली मगर ले मगर समुदायको एकता, भाषा, संस्कृतिको संरक्षण तथा मलेसियामा रहेका मगर दाजुभाइ–दिदीबहिनीबीचको आपसी सद्भाव र सहकार्य सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको आकर्षण

कार्यक्रममा मगर समुदायको परम्परागत नृत्य, लोकगीत र आधुनिक सांगीतिक प्रस्तुतिहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

सांस्कृतिक कार्यक्रमको माध्यमबाट मगर संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्न विशेष जोड दिइएको थियो।

 

धन्यवाद ज्ञापन

कार्यक्रमको समापनमा आयोजक समितिले सबै सहयोगी संघ–संस्था, व्यवसायी, शुभेच्छुक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ एकजुट र सबल मगर समुदाय निर्माणको शुभकामना व्यक्त गरेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।