मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर-मलेसियामा बेपत्ता भएका राजेन्द्र रेग्मी नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन्। उनी २४ अक्टोबर, शुक्रबार बाटिक एयरको उडानबाट नेपाल फर्किएका हुन्।रेग्मी करिब पाँच वर्षअघि सेक्युरिटी कम्पनीमा काम गर्न मलेसिया आएका थिए। तर, उनी २८ सेप्टेम्बरदेखि सम्पर्कविहिन बनेपछि परिवारले मलेसिया रिटर्नी कम्युनिटी (MRC) मार्फत खोजीको अनुरोध PNCC (प्रवासी नेपाली समन्वय समिति) लाई गरेका थिए।
परिवार र PNCC को निवेदनका आधारमा नेपाली राजदूतावास, मलेसियाले १५ अक्टोबरमा आफ्नो अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक अपिल जारी गरेको थियो।त्यही सूचनाको प्रभावमा १७ अक्टोबर, शुक्रबार साँझ उनी कोताराया स्थित मैडिन अगाडि बस पार्कमा नेपाली जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष टेक टमटाको सहयोगमा भेटिएका थिए।
अन्ततः, PNCC को समन्वय र दूतावासको पहलमा उनी स्वदेश फर्कन सफल भएका हुन्।फिर्तीका क्रममा लाग्ने सम्पूर्ण खर्च र कागजी प्रक्रिया सम्बन्धित कम्पनीले नै बहन गर्न बाध्य बनाइएको दूतावासले जनाएको छ।






















