तेमाल– काभ्रे जिज्लाको तेमाल गाउँपालिका–२, चुखा, स्थित श्री सर्वोद्धार माध्यमिक विद्यालयले आगामी कात्तिक १४ गते, शुक्रबार SEE प्रोत्साहन पुरस्कार वितरण कार्यक्रम–२०८२ आयोजना गर्ने भएको छ ।

विद्यालयका प्रधानाध्यापक ज्ञान्जा लामका अनुसार कार्यक्रमका प्रमुख अतिथि पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ रहने छ भने तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर (डि.एम.) विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।

विद्यालय परिवारले जारी गरेको निमन्त्रणमा भनिएको छ, “सम्पूर्ण सरोकारवाला, शुभेच्छुक र अभिभावकहरूलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रममा सहभागिता जनाउन हार्दिक निमन्त्रण गर्दछौं।”

२ नं. वडाका वडा अध्यक्ष देवराज तामाङले यस विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई परस्कृत गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको बमोजिम यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।  यस कार्यक्रममार्फत SEE परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने र आगामी शैक्षिक सत्रका लागि विद्यार्थीहरूमा प्रेरणा जगाउने उद्देश्य राखेको वडा अध्यक्ष तामाङले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।