तेमाल– काभ्रे जिल्ला तेमाल गाउँपालिकाको आयोजनामा र फ्रान्सस्थित EPICEA France को सहयोगमा गाउँपालिकाभर निःशुल्क दन्त परीक्षण शिविर संचालन गरिने भएको छ। गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत शिवहरि पाठकले जारी गरेको विज्ञप्तिअनुसार उक्त शिविरमा विशेषज्ञ दन्त चिकित्सकद्वारा स्थानीय बासिन्दाहरूलाई विभिन्न दन्त उपचार सेवाहरू प्रदान गरिनेछ।
गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “तेमाल गाउँपालिका र EPICEA France को सहकार्यमा हुने निःशुल्क दन्त परीक्षण शिविर विशेष डाक्टरद्वारा संचालन गरिनेछ। सो अवसरमा दन्त उपचारका विभिन्न सेवा प्रदान गरिनेछ।”
यी हुन् शिविरमा प्रदान गरिने प्रमुख सेवाहरू
-
दन्त निकाल्ने (Extraction)
-
सानो प्वाल परेको दन्तमा फिलिङ (Minor filling of tooth)
-
बालबालिकाका दन्तमा किरा नलागोस् भनेर फ्लोराइड लगाउने (Fluoride application)
-
दन्त सफा गर्ने (Scaling)
-
आरसीटी (RCT)
-
किरा खाएको दाँतलाई नखस्ने बनाउने
-
औषधि उपचार (Medication) — रहेका छन्।
यस्तो छ शिविर सञ्चालन तालिका
-
मिति: २०८२/०७/१५ देखि २०८२/०७/१६ सम्म
स्थान: सामुदायिक स्वास्थ्य इकाई पिन्तोङडाँडा
सेवा लिने वडा: वडा नं. १, २, ३, ४, ५ र ६
समय: बिहान १०:०० बजे देखि अपराह्न ४:०० बजेसम्म
-
मिति: २०८२/०७/१९ देखि २०८२/०७/२२ सम्म
स्थान: सामुदायिक स्वास्थ्य इकाई मैनगाउँ
सेवा लिने वडा: वडा नं. ७, ८ र ९
समय: बिहान १०:०० बजे देखि अपराह्न ४:०० बजेसम्म
गाउँपालिकाले सबै सरोकारवाला, विद्यालय, अभिभावक र स्थानीय बासिन्दाहरूलाई शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















