धुलिखेल–काभ्रे जिल्लाको विभिन्न सहरी तथा प्रहरी कार्यालय भवन र सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहतका प्रहरी इकाईहरुकाे समन्वयमा गरिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखिएको प्रहरीले जनाएको छ।

यी हुन् पक्राउ परेका व्यक्तिहरुः

१. अनिष सापकोटा (२८) – पनौती नपा–२, २०७९ सालमा अमर्यादित व्यवहार मुद्दा दर्ता।
२. सुमन के.सी. (२६) – पनौती नपा–८।
३. साकार के.सी. (२१) – बनेपा नपा–१०।
४. समिर तामाङ (१९) – बेथानचोक गापा–५।
५. चिउरे भन्ने होम प्रसाद तिमिल्सिना (३२) – बेथानचोक गापा ३, २०७९ सालमा अमर्यादित व्यवहार मुद्दा दर्ता।
६. स्यान्जि भन्ने सुबास तामाङ (२४) – पनौती नपा–२, तीन पटक चोरी मुद्दा दर्ता, २०७९ मा दुई र २०८१ मा एक पटक।
७. ङेमासाङ मुक्तान (२३) – महाभारत गापा–४।

प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक रविन बिष्टका अनुसार पक्राउ परेकामाथि प्रारम्भिक अनुसन्धानपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।