काठमाडौँ– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

प्रज्ञा भवन कमलादीमा बसेको अन्तिम बैठकमा पार्टी महाधिवेशन आयोजक समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेस गरेका थिए । श्रेष्ठको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए ।

त्यस क्रममा श्रेष्ठले पार्टीलाई अझ बलियो बनाउँदै जेनजी पुस्ताको भावना समेतटेर अघि बढ्ने बताए । बुधबार नेकपा एकीकृत समाजवादी लगायतका दलसँग माओवादीले एकता गर्दैछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।