तेमाल– तेमाल गाउँपालिकाको आयोजनामा वडा नं. १ सर्स्युखर्कस्थित सामुदायिक स्वास्थ्य इकाईमा मंगलबार निःशुल्क आँखा तथा दाँत परीक्षण शिविर सम्पन्न भएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित उक्त शिविरमा स्थानीय बासिन्दाहरूले निःशुल्क रूपमा आँखा र दन्त परीक्षण सेवा प्राप्त गरेका छन्।

शिविरमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा अध्यक्ष इन्द्रबहादुर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक लगायतका पुगेर अनुगमन गरेका थिए ।

दन्त सेवातर्फ ५९ जनाको दन्त परीक्षण गरिएको थियो भने २५ जनाको दाँत झिक्ने उपचार गरिएको स्वास्थ्य शाखाका प्रमुख शिवहरि पाठकले जनाएको छ।

त्यस्तै, आँखा सेवातर्फ १३० जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये ३ जनामा मोतिबिन्दुको समस्या र ३ जनामा आँखामा मासु पलाएको समस्या फेला परेको चिकित्सकहरूले बताएका छन्। शिविरमा ६३ जनालाई निःशुल्क चस्मा वितरण पनि गरिएको थियो।

तेमाल गाउँपालिकाकाले स्वास्थ्य सेवालाई गाउँ–गाउँमा पुर्‍याउने उद्देश्यले यस्ता निःशुल्क शिविरहरू निरन्तर रूपमा सञ्चालन गरिने बताएका छन्।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।