बनेपा– काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ नालामा जुवा (कौडा) खेल्दै गरेको अवस्थामा सात जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिजो शुक्रबार साँझ करिब ५:१५ बजे जुवा खेलिरहेको गुप्त सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट नगद रु. २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र कौडा–१६ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक रविन बिष्टले जानकारी दिएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























