काठमाडौं — तामाङ कलाक्षेत्रमा सिर्जना, एकता र पहिचानको निरन्तर यात्रामा अघि बढ्दै आएको नेपाल तामाङ कलाकार संघले आफ्नो १८औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ।
संघको अधिवेशनले पुनः विशाल काल्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै तामाङ कलाकारहरूको संगठनात्मक सबलता र सांस्कृतिक संरक्षणमा नयाँ उत्साह भरेको छ।

शनिबार पिपलबोटस्थित दिपज्योति पार्टी प्यालेसमा आयोजित उक्त अधिवेशनको प्रमुख आतिथ्य नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले ग्रहण गरेका थिए।
कार्यक्रममा कलाकार, सांस्कृतिककर्मी र तामाङ समुदायका अगुवा व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

अधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति यसप्रकार छः
अध्यक्ष: विशाल काल्तान
वरिष्ठ उपाध्यक्ष: रोशन फ्युवा
उपाध्यक्ष: सुवास मोक्तान
महासचिव: खेम मोक्तान
सचिव: योगेश तामाङ
कोषाध्यक्ष: बैरागी मोक्तान
सदस्यहरू: जीवन बम्जन, जितु लोप्चन, सुमिना लो, आस्मान लोप्चन, मीन योञ्जन, रेस्मा बम्जन, मिलन थिङ तामाङ, बसन्ती तामाङ, लक्ष्मी स्याङतान, शुभ तामाङ, त्रिलोक लामा, मदन ग्लान, प्रकाश तामाङ, प्रतीक मोक्तान र अभि लामा।

कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व महानिरीक्षक टेक बहादुर तामाङ, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ, वरिष्ठ गायक रोज मोक्तान, जनवादी कलाकार प्रेम लोप्चन, नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ, शब्दकार मान बहादुर, लगायत प्रतिष्ठित कलाकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष विशाल काल्तानले आफ्नो सम्बोधनमा भने,“हामी तामाङ कलाकारहरू केवल गीत–संगीतका सर्जक मात्र होइनौं, हाम्रो पहिचान र संस्कृति बचाउने अग्रपंक्तिका अभियन्ता हौं। अबको कार्यकालमा संस्थालाई अझ सशक्त, पारदर्शी र सबै कलाकारका लागि साझा मञ्च बनाउने लक्ष्य लिएका छौं।”

अधिवेशनले तामाङ कला, संगीत र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विश्वव्यापी पहिचानमा ध्यान केन्द्रित गर्ने निर्णयसमेत गरेको छ।

कार्यक्रमको वातावरण संगीत, कला र आत्मीयताले भरिएको थियो। सहभागीहरूका अनुसार यो अधिवेशनले “तामाङ कलाकारहरूको नयाँ सुरुवात र साझा दिशानिर्देशन”को सन्देश दिएको छ — जसले तामाङ कलाक्षेत्रमा संगठनात्मक शक्ति र सांस्कृतिक गौरवलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।