काठमाडौं — गायक तथा सर्जक विज्ञान स्याङ्बोको प्रस्तुतिमा बनेको म्युजिक भिडियो ‘यो नयन’ यो नयन हालै सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक र संगीतप्रेमीहरूबाट उल्लेखनीय प्रशंसा पाउँदैछ।

सुमधुर स्वरमा विज्ञान स्याङ्बो र अस्मिता अधिकारीले गाएको यस गीतले प्रेम, सम्झना र आत्मीयताको गहिरो भावनालाई कलात्मक ढङ्गले अभिव्यक्त गरेको छ। भावनात्मक शब्द र धुनले श्रोतालाई मन छुने अनुभव दिलाउँछ।

गीतका शब्द र संगीत स्वयं विज्ञान स्याङ्बोकै सिर्जना हुन्।शैलेन्द्र प्रधानको एरेन्ज र महेश्वर राउभण्डारीको मिक्स/मास्टरिङले गीतको साउण्ड क्वालिटीलाई उत्कृष्ट बनाएको छ।

भिडियोमा चर्चित कलाकार आकाश श्रेष्ठ र अञ्जु तामाङको अभिनय देख्न सकिन्छ। दुवै कलाकारले प्रेमका संवेदनशील क्षणहरूलाई यथार्थ र आत्मीय ढङ्गले प्रस्तुत गरेका छन्। उनीहरूको अभिनयले गीतको भावनालाई अझ जीवित बनाएको छ।

भिडियोको छायांकन पवन सुर्लिङले गरेका छन् भने सम्पादन र रंग संयोजन पनि उनीकै निगरानीमा सम्पन्न गरिएको हो।

भिडियोको कोरियोग्राफी र निर्देशन अनुभवी निर्देशक निर्मल कुमार लामा (BG)ले गरेका छन्, जसको निर्देशन शैली र दृश्य संयोजनले सम्पूर्ण म्युजिक भिडियोलाई सिनेमाटिक स्पर्श दिएको छ।

ए क्रिएटिभ मोसन पिक्चर्स प्रा. लि. नेपालको पोस्ट–प्रोडक्सनमा तयार यो भिडियोमा दृश्य, ध्वनि र भावनाको सन्तुलित संयोजन देख्न सकिन्छ। हरी अधिकारीले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन्।

गीतले प्रेमका नयनभित्र लुकेका अनुभूति, बिछोड र सम्झनाका कथालाई मार्मिक र रमाइलो ढङ्गमा प्रस्तुत गरेको छ। त्यसैले पनि भिडियोले छोटो समयमै युट्युबमा उल्लेखनीय भ्यूज बटुल्दै दर्शकको मन जित्न सफल भएको छ।

संगीत, अभिनय र निर्देशनको उत्कृष्ट संयोजनका कारण ‘यो नयन’ अहिले नेपाली आधुनिक संगीत क्षेत्रमा विशेष चर्चा बटुलिरहेको छ।
दर्शकहरूले गीतलाई “भावनात्मक, आधुनिक र आत्मीय सिर्जना” भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन्।

गीत सार्वजनिक गर्दै सर्जक विज्ञान स्याङ्बोले भनेका छन् —

“‘यो नयन’ केवल गीत होइन, यो भावना हो — जसले मायालाई नयनमार्फत बोल्छ।”

भिडियोको उत्कृष्ट अभिनय, आकर्षक लोकेशन र आत्मीय शब्दले यो सिर्जनाले संगीत प्रेमी दर्शकहरुको मन छुन सक्नेछ।

यस म्युजिक भिडियो गायक विज्ञान स्याङ्बोको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।