तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ मा रहेको सर्वोद्धार माविबाट एसईई परिक्षामा सम्मिलित भइ उत्कृष्ट नम्बर ल्याउन सफल भएका विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको छ ।हरेक वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई २ नं. वडा अध्यक्ष देवराज तामाङले नगद सहित पुरस्कृत गर्ने योजना बनाए बमोजिम SEE प्रोत्साहन कार्यक्रम २०८२ को आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमका सभापति विब्यस अध्यक्ष बिकास लामा, प्रमुख अतिथि पूर्व ऊर्जाराज्यमन्त्री सुर्यमान दोङ तथा विशेष अतिथि दलमान थोकर रहेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष देबराज तामाङ, पासाङ डोल्मो लामा, शम्भु प्रसाद घिमिरे, राम ध्वोज लामा, भिमलाल लामा, कल्पना मोक्तान, ग्याम्जो थोकर, पदम बहादुर तामाङ, अञ्जली तामाङ लगायतका विशिष्ट व्यक्तिहरुले मन्तव्य राखेका थिए ।
वडा अध्यक्ष देवराज तामाङले आर्थिक वर्ष २०८२/०८३ को बजेट अन्तर्गत रु. १२,००,००० (अक्षेरूपी बाह्र लाख रुपैयाँ) विनियोजन गरिएको सो कार्यक्रममा १८ जना विद्यार्थीहरू मध्ये ६ जनालाई रु. ७५,००० का दरले र १२ जनालाई रु. ५०,००० का दरले नगद पुरस्कार वितरण गर्दै सम्मान गरिएको थियो। बाँकी रकम स्टेशनरी सामग्री वितरणका लागि प्रयोग गरिएको वडा कार्यलयले जनाएको छ।
कार्यक्रममा विद्यालयको समग्र अवस्थाको बारेमा प्रधानाध्यापक ग्यान्जा लामाले राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















