मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर – मलेसियामा इमिग्रेसनको छापामा परेर जेल सजाय भोगेका सुनसरी–८ स्थायी घर भएका शुकलाल उरन सजाय पुरा भई पाँच महिना बितिसक्दा पनि आर्थिक अभावका कारण डिटेन्सन क्याम्पमै अल्झिएका थिए।


उनीलाई स्वदेश फर्काउन पिएनसीसी मलेसियाले गोर्खा एसोसिएसन मलेसियाका अध्यक्ष रोशन राणासँग समन्वय गरी आवश्यक एयर टिकट उपलब्ध गराएपछि उरन नोभेम्बर १३ तारिख नेपाल फर्किएका छन्।


काठमाडौं आइपुगेपछि उनलाई पिएनसीसी सेल्टर हाउसमा राखिएको छ। काठमाडौंदेखि घरसम्मको सम्पूर्ण यात्रा खर्च पिएनसीसीले व्यहोर्ने पिएसीसी मलेसिया संयोजक पुर्ण सुब्बाले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















