काठमाडौँ- नवगठित नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले पार्टी एकताबारे विशेष अन्तर पार्टी निर्देशन अपानि जारी गर्ने भएको छ ।
आइतबार पेरिसडाँडामा बसेको अनौपचारिक बैठकले विशेष अपानि जारी गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।
‘विशेष अपानि जारी गरेर पार्टीलाई एकढिक्का बनाउने कुराकानी भएको छ’, खनालले भने, ‘विभिन्न प्रदेश र जिल्ला तथा पालिकामा सन्देश सभा आयोजना गर्ने ।’
उनले देशव्यापी एकताको सन्देश प्रवाह गर्न अपिल समेत प्रकाशित गर्ने निर्णय भएको बताए । सन्देश सभाहरूबारे थप छलफल गरेर तयारी गर्ने भन्दै खनालले नेपाली विशेषताको समाजवादको यात्रामा जाने बताए ।
‘नेपाली विशेषताको समाजवाद स्थापना गर्ने हाम्रो एकमात्र अर्जुनदृष्टि हुनेछ’, खनालले भने, ‘अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको छ केही दिनमा उहाँहरूको पार्टी एकता हुनेछ ।’
खनालले नेता घनश्याम भुसालसँग पनि छलफल भइरहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















