महाभारत— महाभारत गाउँपालिकाको आयोजना तथा श्री जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा मंसिर १५ गतेदेखि १८ गतेसम्म आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा सातौँ अध्यक्ष कप भव्यतापूर्वक सम्पन्न भएको छ। चार दिनसम्म चलेका विविध खेल प्रतियोगितामा सहभागी विद्यालयहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गर्दै खेलकुद क्षेत्रप्रति स्थानीय विद्यार्थीहरूको रुचि र क्षमताको दायरा विस्तार गरेको पाहिएको छ।
प्रतियोगिताको उद्घाटनपछि अन्तिम दिनसम्म खेलेका विभिन्न खेलहरू— एथलेटिक्स, दौड, जम्प, टिम इभेन्टलगायतका विधामा प्रतिष्पर्धी विद्यालयहरू बीच कडा प्रतिस्पर्धा देखिएको थियो। विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता, अभिभावकहरूको उपस्थिति र स्थानीय सरोकारवालाहरूको सहयोगले प्रतियोगिता थप आकर्षक बनेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री जनकल्याण माध्यमिक विद्यालयले १४ स्वर्ण, ७ रजत तथा २ कांस्य सहित कुल २३ पदक जित्दै समग्र च्याम्पियनको उपाधि हात पारेको छ। स्वर्ण पदकको तुलनामा विद्यालयले अरू विद्यालयहरूलाई उल्लेखनीय फराकिलो अन्तरले पछि पार्दै शीर्ष स्थान सुरक्षित गरेको हो।
त्यसैगरी, श्री ग्रामोन्नती माध्यमिक विद्यालयले १४ पदक (८ स्वर्ण, २ रजत, ४ कांस्य) सहित दोस्रो स्थान हासिल गरे भने श्री गोकुले माध्यमिक विद्यालय १६ पदक (३ स्वर्ण, ७ रजत, ६ कांस्य) सहित तेस्रो स्थानमा सुरक्षित रह्यो।
अन्य विद्यालयहरूले पनि आफ्ना विधा र क्षमताअनुसार सन्तोषजनक प्रदर्शन गरेका थिए।
प्रतियोगिताको विस्तृत नतिजा
श्री जनकल्याण मा. वि. : स्वर्ण १४, रजत ७, कांस्य २ (जम्मा २३)
श्री ग्रामोन्नती मा. वि. : स्वर्ण ८, रजत २, कांस्य ४ (जम्मा १४)
श्री गोकुले मा. वि. : स्वर्ण ३, रजत ७, कांस्य ६ (जम्मा १६)
श्री जनमोहन मा. वि. : १० पदक
श्री ज्योति मा. वि. : ५ पदक
श्री कालिदेवी मा. वि. : ५ पदक
श्री भैरव मा. वि. : ६ पदक
श्री सिद्धेश्वर मा. वि. : ५ पदक
कुल पदक : स्वर्ण २९, रजत २८, कांस्य ३० — जम्मा ८७ पदक
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले प्रतियोगितामा सहभागिता जनाउने सबै विद्यालय तथा खेलाडीलाई हार्दिक बधाई तथा बधाइ दिएका छन्। उनले सातौँ अध्यक्ष कपसहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सफल बनाउने सम्पूर्ण टीम, शिक्षकहरू, अभिभावक, निर्णायक मण्डल, सुरक्षाकर्मी र स्थानीय सहयोगीप्रति विशेष धन्यवाद व्यक्त गरे।
उनका अनुसार खेलकुदले अनुशासन, नेतृत्व क्षमता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ, र गाउँपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र ठूलो परिमाणमा आयोजना गर्दै लैजाने संकल्प व्यक्त गरे।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















