मिलन दोङ तामाङ ✍️ 

मलेसिया -क्वालालम्पुर स्थित नेपाली राजदूतावासले जोहोर बाह्रुमा रहेका नेपाली श्रमिक तथा समुदायलाई लक्षित गर्दै डिसेम्बर १३र१४, २०२५ सम्म विशेष कन्सुलर सेवा संचालन गर्ने भएको छ। राजदूतावासको घुम्ती कन्सुलर सेवा अन्तर्गत राहदानी नविकरण, राहदानी वितरण, मिनोर पासपोर्ट, श्रमसम्बन्धी गुनासो/समस्या तथा अन्य कन्सुलर सुविधा उपलब्ध गराइनेछ।

सेवा स्थान:

📍 Rasa Sayang Café, Johor Tower, Ground Floor, 15 Jalan Gereje, 80100 Johor Bahru

सेवा समय डिसेम्बर १३का दिन बिहान ८ बजे देखि साँझ ५बजे सम्म हुनेछ भने डिसेम्बर १४मा बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म मात्र हुनेछ।

 

राहदानी नविकरणका लागि अनलाइन फारम अनिवार्य भरिसक्नुपर्ने र १८ महिनाभन्दा कम अवधि बाँकी रहेका राहदानी मात्र नविकरण गरिने दूतावासले स्पष्ट पारेको छ। आवश्यक कागजात, राजस्व शुल्क तथा आवेदन प्रक्रिया सूचनामा विस्तृत रूपमा समेटिएको छ।

सम्पर्क:

📞 +60 12 417 5392

📞 +60 10 236 5887

दूतावासले जोहोर क्षेत्रका नेपालीहरूलाई समयमै उपस्थित भई आवश्यक सेवा लिन अपिल गरेको छ।

Oplus_16908288
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।