धुलिखेल– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ले पार्टीको केन्द्रीय सदस्य गणेश लामा सहित ५ जनालाई उम्मेदवारको लागि सिफारिस गरिएको छ । बैठकले फागुन २१ गते घोषित प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार सिफारिस गरेको हाे ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ का सभापति दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामा सहित ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा गुणराज मुक्तान, तिर्थ ब. पसखल, बिदुर बस्नेत र रसिला खनाल (महिला) रहेका छन् ।
त्यसैगरि समानुपातिक तर्फ हर्षजित लामा (आ.ज.), ललिता किङरिङ (आ.ज. महिला), हरि बहादुर बल (आ.ज.), मिरा नेपाली (दलित), उद्धव कोईराला (अपांग) र बाबुराम गिरी (अल्पसंख्यक) रहेका छन् ।
त्यस्तै राष्ट्रियसभा तर्फ ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझाको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























