धुलिखेल- चोरीको आरापमा पक्राउ परेका एक युवा इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

काभ्रेको रोशी गाउँपालिका–१२ ढाडपाखाका २१ वर्षीय दुधराज तामाङले प्रहरी हिरासतभित्र आत्महत्या गरेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनलाई चोरीको आरोपमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताए । घटना थाहा पाएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइएको मृतकका आफन्तहरूलाई खबर गरी कार्यालयमा बोलाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।