काठमाडौं– नेपाल आलय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा ५ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ मूल्य घटाएको हो।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा चार रुपैयाँ १९ पैसा, डिजेलमा ५ रुपैयाँ ६ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ १५ पैसाले घटेर आएका कारण निगमले आज राति १ बजेपछि लागू हुने गरी नयाँ मूल्य तोकेको हो।
परिवर्तित मूल्यअनुसार काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १५९ रुपैया र प्रतिलिटर डिजेल १३७ रुपैयाँ पर्नेछ । एलपिजी ग्यासको मूल्य १००. ३५ पैसा बढेर आए पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























