धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लामा बुद्ध चित्त माला व्यापार निक्कै फस्टाउँदै गएपछि किसान र व्यापारी माथि केही उग्रवादी समूह, गुण्डागर्दी गर्ने समूले ज्यानमार्नेसम्मको धम्की आउन थालेपछि व्यापारीहरु व्यापार गर्न छोड्ने र विदेश पलायन हुन बाध्य हुन थालेका छन् । यसैक्रममा जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५, कोट तेमाल निवासी सलाम सिं तामाङले ज्यानमार्ने धम्की आउन थालेपछि ब्यापार छोडेर विदेश पलायन भएका छन् ।

उनले आफ्नो नीजि पुर्ख्यौली जमिनमा बुद्धचित्त मालाको खेती गरि आफ्नो निजी फार्म सलाम थाङ्का एण्ड पस्मिना शप मार्फत व्यापार गरिरहेको थिए । केही वर्षदेखि मात्र शुरु भएको बुद्ध चित्त मालाको ब्यापार, उत्पादन र सुरक्षाको सम्बन्धमा नेपाल सरकारले पूर्ण ब्यवस्थित र सुरक्षित कानून नबनाउँदा किसान र व्यापारीहरु मारमा परिरहेको छ । यस क्षेत्रमा बुद्धचित्त माला चोरी, लूटपाट गर्ने, किसान र ब्यापारीलाई गैरकानूनी चन्द माग्ने कार्यहरु हुँदै आएको छ ।

यसैक्रममा निज तामाङलाई पनि विभिन्न उग्रवादी राजनीतिक समूहहरु, गुण्डागर्दी समूहहरु, लूटपाट र चोरी गर्ने समूहहरुबाट पटक-पटक गैरकानूनी रुपमा चन्दा माग गर्ने, ज्यानमार्ने धम्की दिने गरेपछि उनी बेलायतमा पलायन हुन बाध्य भएको पारिवारिक स्रोतले जनाएको छ । हाल उनी बेलायतमा बस्दै आएका छन् । यस अघि आफू असुरक्षित भएको महसुस भएपछि नमोबुद्ध नगरपालिकाको न्यायिक समितिमा शान्ति सुरक्षाको माग गर्दै निवेदन समेत पेश भएकोमा कुनै सुनुवाइ नभएको परिवारले जनाएको छ । विशेष गरि नेपालमा रहेको केही उग्रवादी संगठनहरु नेकपा (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतले सबै ब्यापारी र किसानहरुलाई धम्की दिँदै आएका छन् । उनीहरु राज्य विरुद्ध संगठीत ढंगले लागेको संगठन हुन् ।

व्यापारी तामाङलाई पनि ती उग्रवादी संगठनहरुले गैरकानूनी रुपमा चन्द माग गर्ने, उनीहरुले भनेको जति चन्द नदिँदा ज्यानमार्ने धम्की समेत आएको थियो । यसरी धकधम्की, गैरकानूनी चन्द असुली, ज्यानमार्ने धम्की समेत दिएपछि उनले विदेश पलायन हुने निर्णय गरेको बेलायतबाट तामाङले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।