काठमाडौँ- काभ्रे पलाञ्चोक जिल्ला   नमोबुद्ध न.पा.वडा नं.४ का स्थानियहरुले  सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर   करोडौ कुम्ल्याउने भू-माफियाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा  उजुरी गरेका छन् । स्थानीयका अनुसार  काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४) स्थित कि.नं. ३०४ को   ११-११-२-० क्षेत्रफल भएको  जग्गा व्यक्तिगत नाममा दर्ता गरी भू- माफियाहरुले करोडौ कुम्याएका हुन् ।

भू-माफियाहरु ठण्डिराज उपाध्याय  र केदारराज उपाध्यायले परापुर्वकालदेखि गौचरण कायम भएको र   २०२१ सालको नापीमा जंगल कायम भएको  काभ्रेपलाञ्चोक जिल्ला  मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४ मा पर्ने) कि.नं. ३०४ को   ११-११-२-० क्षेत्रफल भएको  जग्गा व्यक्तिगत नाममा दर्ता गरी प्रति आना सात लाखदेखि दश लाखसम्ममा  बेचबिखन गरि करोडौ कुम्याएका हुन् ।

स्थानीयका अनुसार परापुर्व कालदेखि गाइबस्तु चराउने गौचरनको रुपमा  प्रयोग हुँदै  सरकारी कायम भएको उक्त जग्गा छुट जग्गाको नाममा दर्ता गरेर बेचबिखन गर्ने कार्यमा ठण्डिराज उपाध्याय, केदारराज उपाध्याय,  काभ्रेपलाञ्चोक जिल्लाका मालपोत प्रमुख, नापी प्रमुख र नमोबुद्ध न.पा.वडा नं.४ का वडाध्यक्ष अर्जुन बहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

 भू माफिया ठण्डिराज उपाध्याय,    केदारराज उपाध्याय, काभ्रेपलाञ्चोक जिल्लाका मालपोत प्रमुख, नापी प्रमुख र नमोबुद्ध न.पा.वडा नं.४का वडाध्यक्ष अर्जुन बहादुर कार्कीले कब्जा गरेको उक्त सार्वजनिक जग्गाको संरक्षण गरि पाउँ र उक्त कार्यमा संलग्न सबैलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलायतत् सम्बन्धित निकायमा उजुरी गरेको पाइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।