तेमाल- काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाको आज सम्पन्न गाउँसभाको १८ औं अधिवेशनले भकुण्डेबेसी-तेमाल सडक अलपत्र पारिएकोमा खेद प्रकट गरेकाे छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले अधिवेशनमा समसामयिक प्रस्ताव नै प्रस्तुत गरि खेद प्रकट गरेका हुन् । सो प्रस्ताव गाउँसभाले एकमतले पारित समेत गरेको छ
भकुण्डेबेसी देखि तेमालको जर्देउडाँडासम्म निर्माणाधीन सडकको काम अत्यन्तै ढिलो गतिमा अघि बढेको प्रति दुःख व्यक्त गर्दै गाउँसभाले ठेकेदारको कमजोर कार्यसम्पादनका कारण सडक निर्माणमा ढिलाई भइ स्थानीय जनजीवन प्रभावित भएको निष्कर्ष निकालेको छ ।
‘भकुण्डेबेशी देखि जर्देउ डाँडासम्मका सडक मिति २०८२ आषाढ मसान्त सम्म पहिलो ठेक्काको म्याद रहेकोमा KS-Raman Jv Kathmandu सँग मिति २०८२ आश्विन मसान्तमा दोश्रो पटक म्याद थप गर्दा पनि जम्मा ३० प्रतिशत मात्र काम भएको हुँदा तेमाल गाउँपालिकाको १८ औ गाउँसाभा खेद प्रकट गर्दछौ ।’ समसामयिक प्रस्तावमा भनिएको छ, ‘तेमाल क्षेत्रको वडा नं. ५ र ७ लगायतका क्षेत्रमा पछिल्लो समय विपद्, शिक्षा, स्वास्थ्य, सडक आदिमा असुविधाको भएको र गाउँपालिका केन्द्र सम्मको यात्रा मा अत्यान्त कठिन भएकाले उक्त सडकको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम यस गाउँसभाबाट देहाय बमोजिमको समसामयिक प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछुः सम्बन्धित समस्याको समाधानका लागि आवश्यक योजना तुरुन्त तयार गर्ने । दैनिक कार्ययोजना बनाई द्रुत गतिमा उक्त सडकको कामलाई निर्देशन दिने । सरोकारवाला निकायसँग समन्वय गरी कार्यान्वयन अघि बढाउने ।’
समसामयिक प्रस्ताव तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले प्रस्तावक थिए भने वडा नं. २ का वडा अध्यक्ष तथा भौतिक पूर्वाधार समितिका संयाेजक देवराज तामाङ समर्थक थिए ।
यस्तो छ समसामयिक प्रस्तावः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























