तेमाल— तेमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ।

३ दिनसम्म सञ्चालन भएकाे सो प्रतियोगिताको समापन समारोह तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा तथा गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डी.एम.)को सभाध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतियोगितामा तेमाल गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। विभिन्न खेल विधामा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै तेमाल-९, मेच्छेपौवामा रहेका कुशेश्वर माध्यमिक विद्यालयले सबैभन्दा बढी स्वर्ण पदकसहित प्रथम स्थान हासिल गर्दै विजेता बन्न सफल भएको छ । त्यसैगरी भूमे माध्यमिक विद्यालयले द्वितीय र जनज्योति माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी अन्य विद्यालयहरूले पनि उत्साहजनक प्रदर्शन गर्दै विभिन्न विधामा पदक जित्न सफल भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण योगदान पुगेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















