काठमाडौं — तामाङ समुदायको मौलिक संस्कृति, जीवनशैली र पहिचानलाई समेटेर तयार गरिएको ‘तामाङको बस्ती’ बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त गीत रेश्मा तामाङको प्रस्तुति रहेको छ भने म्युजिक भिडियो रेश्मा तामाङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा  लोकप्रिय गायक बुद्ध लामा र रेश्मा तामाङको सशक्त स्वर रहेको छ। तामाङ समाजको मौलिकपन झल्किने शब्द, परम्परागत लय र भावनात्मक संगीत संयोजनले गीतलाई विशेष बनाएको छ।

म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामा (BG) ले गरेका छन्। भिडियोमा तामाङ समुदायको बस्ती, रहनसहन, भेषभूषा, संस्कृति र सामाजिक जीवनलाई आकर्षक दृश्यहरूमा उतारिएको छ। परम्परा र आधुनिक प्रस्तुतिको सुन्दर समिश्रण भिडियोको मुख्य आकर्षण बनेको छ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र युट्युबमा दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। धेरैले गीतलाई तामाङ समुदायको यथार्थ जीवन झल्काउने मौलिक कृति भन्दै प्रशंसा गरेका छन्।

‘तामाङको बस्ती’ गीतले तामाङ सेलो संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। मौलिक संस्कृतिलाई गीत–संगीतमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासस्वरूप यो गीतलाई महत्वपूर्ण कृतिको रूपमा लिइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।