काठमाडौं । सोनाम ल्होछार २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा आयोजना हुने तामाङ सांस्कृतिक महोत्सवलाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित तयारी तीव्र पारिएको छ। माघ ४ र ५ गते काठमाडौंको ऐतिहासिक टुँडिखेलमा दुईदिने महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ।
नेपाल तामाङ घेदुङको संयोजकत्वमा बसेको उक्त बैठकमा राष्ट्रिय तामाङ घेदुङका सहसंयोजकसहित विभिन्न तामाङ संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले १०१ सदस्यीय मूल समारोह समिति गठन गर्दै सोनाम ल्होछारलाई मौलिकता, गरिमा, अनुशासन र एकताको प्रतीकका रूपमा मनाउने प्रतिबद्धता जनाएको छ।
बैठकले आगामी सोनाम ल्होछार समारोहको औपचारिक उद्घाटन सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीबाट गराउने निर्णय समेत गरेको छ।
विभिन्न उपसमितिहरू गठन
कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र अनुशासित बनाउन मूल समारोह समितिले विभिन्न उपसमितिहरू गठन गरेको छ।
सांस्कृतिक कार्यक्रम समिति
संयोजक: नेपाल तामाङ संस्कृति घेदुङ
सहसंयोजक: नेपाल तामाङ राष्ट्रिय संस्कृति घेदुङ
सदस्य संस्थाहरू: नेपाल तामाङ कलाकार संघ, नेपाल तामाङ चलचित्र संघ, नेपाल तामाङ मौलिक ह्वाइला न्हान, तामाङ चलचित्र निर्देशक संघ, म्हेन्दोमाया कलाकार संघ, तामाङ डाजाङ, तामाङ जुहारी कलाकार संघ, तामाङ दाङबोला ग्योअी ठिम
स्वयंसेवक तयारी समिति (युवा तथा विद्यार्थी)
संयोजक: नेपाल तामाङ युवा घेदुङ
सहसंयोजक: नेपाल तामाङ राष्ट्रिय युवा घेदुङ
सदस्य: नेपाल तामाङ विद्यार्थी घेदुङ, नेपाल तामाङ राष्ट्रिय विद्यार्थी घेदुङ
संयोजक प्रतिनिधि: सानुकान्छा तामाङ
ताम्बा, लामा, बोन्बो तयारी समिति
संयोजक: नेपाल राष्ट्रिय ताम्बा घेदुङ
सहसंयोजक: नेपाल तामाङ ताम्बा घेदुङ
सदस्य संस्थाहरू: नेपाल तामाङ बोन्बो घेदुङ, नेपाल तामाङ राष्ट्रिय बोन्बो घेदुङ, नेपाल तामाङ लामा घेदुङ, नेपाल तामाङ राष्ट्रिय लामा घेदुङ
मञ्च व्यवस्थापन समिति
संयोजक: महावीर लामा
प्रचार–प्रसार समिति
संयोजक: तामाङ पत्रकार संघ
सहसंयोजक: राष्ट्रिय तामाङ सञ्चार विभाग
सदस्य: तामाङ घेदुङ सञ्चार विभाग
स्वागत तथा सत्कार समिति
नेपाल तामाङ महिला घेदुङ – संगीता बोम्जन
नेपाल तामाङ राष्ट्रिय महिला घेदुङ – बबिता योन्जन
अनुगमन समिति
नाङसाल क्लब – लारग्युङ तामाङ
सम्मान, स्टल र सुरक्षा व्यवस्थापन
यस वर्ष सोनाम ल्होछार महोत्सवमा वास्तवमै उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई मात्र सम्मान गरिने निर्णय गरिएको छ। सम्मान छनौट समितिमा सन्चु ब्लोन (घेदुङ उपाध्यक्ष), तिर्थमान बल र बिलाम मुक्तान रहेका छन्। छनौट गरिएका नामहरू मूल समितिमा पेश भएपछि मात्र सम्मान गरिने जनाइएको छ।
यसपटक महोत्सव स्थल टुँडिखेलमा चारै गेटबाट प्रवेश तथा निस्कने व्यवस्था मिलाइने भएको छ। यसले दुईदिने कार्यक्रममा भीड व्यवस्थापन तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने आयोजकको अपेक्षा छ।
सबै उपसमितिहरूको प्रगति समीक्षा र अन्तिम तयारीका लागि २०८२ माघ १ गते बिहान ८:०० बजे नेपाल तामाङ घेदुङको सभाहलमा अन्तिम बैठक बस्ने निर्णय पनि गरिएको छ।
आयोजक पक्षले माघ ४ र ५ गते टुँडिखेलमा आयोजना हुने सोनाम ल्होछार २८६२ लाई मौलिक संस्कृति, अनुशासन, गरिमा र एकताको प्रतीकका रूपमा स्थापित गर्दै ऐतिहासिक र भव्य रूपमा मनाउने तयारीमा जुटिरहेको जनाएको छ।






















